अमेरिकाको टेनेसीमा बाढी, १० जनाको मृत्यु

अमेरिकाको टेनेसीमा बाढी, १० जनाको मृत्यु

badhi

काठमाडौँ । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण पूर्वी राज्य टेनेसीका अधिकांश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् ।

प्रतिघण्टा ४ सय ३० मिलिमिटरको दरले भएको बर्षापछी आएको बाढी घर–घरमा पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

बाढीका कारण सञ्चार सम्पर्क टुटेकाले कति मानिस बेपत्ता भए भन्नेबारे यकिन विवरण नआउन नसकेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ