पोखराको आकाशे पुल र ताल वरपरको भीडभाडले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष

पोखराको आकाशे पुल र ताल वरपरको भीडभाडले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष

srijana chowk

पोखराको सृजनाचोकमा बनेको पहिलो आकाशे पुल लगायत ताल वरपरका क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेको भन्दै सरोकारवाला निकायले भीडभाड नगर्न सचेत गराएको छ ।

सिर्जनाचोकको आकाशे पुलमा निर्माण सम्पन्न पश्चात् नै टिकटक बनाउने र तस्वीर खिच्नेहरुको भीड लाग्न थालेको छ । पुलसहित फेवा पावर हाउस छेउमा रहेको झरना, बेगनास र फेवा ताल वरपर सर्वसाधारणको जमघट बाक्लिँदा कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकालिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार यी क्षेत्रहरुमा सर्वसाधारणहरु जम्मा हुन थालेको भन्दै धेरै गुनासोहरु पुगेका छन् । कोरोना संक्रमणको जोखिम कम नभइसकेको अहिलेको अवस्थामा आवश्यक काम नपरिकन घरबाट बाहिर ननिस्कन निर्देशनालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सर्वसाधरणहरुको गुनासो पश्चात सो कार्यालयले आवश्यक काम नपरी घरबाट ननिस्कन, अनावश्यक भिडभाड नगर्न र संक्रमण हुनसक्ने त्यस्ता ठाउँमा नजान सबैलाई सूचित गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds