मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आयो

मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आयो

sab-deathbody

काठमाडौँ । मलेसियाबाट शनिबार एकैदिन २४ जना नेपालीको शव र अस्थु नेपाल आईपुगेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याएको हो ।

वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव संकलन गरी एकैपटक ल्याइएको पनि वोर्डले जनाएको छ ।

९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्थु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ