काठमाडौँ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री नियुक्तिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवैको साथ रहेको बताएकी छन् ।
नेकपा एमालेको काठमाडौँ–रामेछाप सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले आफूले माधव नेपाललाई धोका दिएको भन्ने चर्चा गलत रहेको बताइन् ।
‘म मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ छ । बाहिर कुरा आउँछ अष्ट त के के भयो भनेर । मुख्यमन्त्री पाएपछि अर्कोतिर लाग्यो भन्ने कुरा आयो । यो गलत कुरा हो ।’ शाक्यले भनिन् ।
पार्टी एकतालाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै शाक्यले आफू पार्टी एकताकै पक्षमा रहेको बताइन् । माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग गएकै दिन भदौ २ मा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
लामो समय माधव नेपालको साथमा रहेको, पार्टीको विधि पद्धतिको कुरा उठाएर केपी ओलीलाई गाली गरेको तर मुख्यमन्त्री पाएपछि शाक्यले नेपालको साथ छाडेको भन्ने चर्चा छ । तर, शाक्यले यसको खण्डन गरेकी छन् ।
उनले भनिन्, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ ।’
उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेतृत्वले मन फराकिलो बनाएर एमालेलाई बलियो बनाउने आफूलाई विश्वास भएको शाक्यले बताइन् ।
उनले प्रदेशमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल र त्यसबेलाका मन्त्रीहरूसँग छलफल र परामर्श गरेरै काम गर्ने र त्यसो गर्दा नै राम्रो नतिजा आउन सक्ने बताइन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने