पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट राखिने

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट राखिने

pokhara rangasala

तस्वीर: सुदर्शन रञ्जित

पोखरा । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट राख्न लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल निर्माण अन्तिम चरणमा पुगेको छ । एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा फ्लड लाइट र स्कोर बोर्ड राख्ने योजना थिएन ।

अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रंगशालामा लाइट अनिवार्य छ। पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रंगशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए।

लाइट राख्नका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर फ्लड लाइट जडानको काम सुरु हुने बताइएको छ । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ ।

अन्तर्राष्ट्रिय फुटबल रंगशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds