गण्डकन्यूज, पोखरा । यतिबेला लेकसाइडमा पर्यटकको चहलपहल शून्य छ । कोरोनाकाल नहुँदो हो त पर्यटकीय नगरी पोखरा यसरी सुनसान हुने थिएन । कोभिडका कारण दर्जनौं होटल/पर्यटन व्यवसायीको उठीबास भएको छ । यद्यपी, केहीले चाँडै नै सामान्य अवस्थामा फर्कने आशमा लगानी गरिरहेकै छन् ।
पोखरा १८ सेदीमा ठूलो प्रोजेक्टमा अत्याधुनिक व्यवसायिक मल बनिरहेको छ । युवा व्यवसायी युवराज खतिवडाले ‘वाईयूके सुपरमार्केट’ नाम दिएर १५ करोड लगानीमा त्यस क्षेत्रकै ठूलो सुपरमार्केट सञ्चालन गर्न लागेका हुन् ।
लेकसाइडको सेदी, खपौदी, पामेसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर गेष्ट हाउसदेखिको सबै सामान एकै ठाम पाउने गरी मार्केट सञ्चालनमा ल्याउन लागेको उनी बताउँछन् । यस बजारको मूख्य विशेषता नै सुलभ र सस्तो मूल्यमा सबै काम एक ठाम भन्ने छ । यो बजारको प्रत्येक तला बाट फेवातालको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । मार्केटभित्र एकसय कोठाको गेष्टहाउस समेत रहने सञ्चालक खतिवडा बताउँछन् ।
‘अब लेकसाइडमा मात्र पर्यटक रोकिने अवस्था छैन । कोभिड भएर मात्रै, नत्र यतिबेला पामेसम्मैका रेष्टुरेन्ट÷होटलहरु भरिन्थे । अब सेदी, खपौदी, पामे नै आन्तरिक तथा बाह्य पर्यटकको हब हो ।’ खतिवडाले भने– ‘हामी सबैलाई थाहै छ । सेदी, खपौदी, पामेमा रमाईलो गरी राति फर्कनेहरुलाई लेकसाइड प्रहरीले चेकिङ गरी यता न उता बनाइदिन्छन् । त्यसैले त्यहाँ रमाईलो गर्नेहरु, जसलाई प्रहरीले बाटो छेक्छन् उनीहरु सुत्नकै लागि एक सय बेड क्षमताको आकर्षक रुमसहितको एक सय कोठाको गेष्ट हाउस हामी बनाउँदैछौं । जुन एकदमै सस्तो हुनेछ ।’
उनका अनुसार १०० रुमको गेष्टहाउसमा एक रातको ५ सय रुपैंयामा कोठा उपलब्ध गराइनेछ । ५ वर्षलाई ५ सय, त्यसपछि १० वर्षसम्म ७ सय ५०, त्यसपछि १५ वर्षसम्म १ हजार गर्ने गरी अहिल्यै योजना बनाइएको छ । लेकसाइड क्षेत्रमा अबको ५ वर्षसम्म ५ सयमा सुत्ने कोठा पाउनु अत्यन्त सस्तो रहेको खतिवडाको दाबी छ ।

निम्न र मध्यम स्तरका ग्राहक लक्षित बजारमा सबै स्तरका सेवाग्राही सन्तुष्ट हुने सञ्चालकको विश्वास छ । यतिबेला भौतिक पूर्वाधारको काम धमाधम अघि बढिरहेको छ । २०७९ को नयाँबर्षका दिनदेखि नै बजार सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आफै निर्माण व्यवसायी खतिवडा आफ्नै वाई यू के कन्स्ट्रक्सन एण्ड सप्लायर्समार्फत निर्माण कार्यमा खटिइरहेका छन् ।
२० वर्षका लागि करिब १२ रोपनी जग्गा भाडामा लिएर खतिवडाले बजार सञ्चालनमा ल्याउन लागेका हुन् । ४ वटा बिल्डिङको ३ तला रहने भवनमा कूल ४ सय सटर रहने खतिवडाले बताए । १ सय जना हाराहारीमा व्यवसायी रहनेछन् ।
अगाडि र पछाडि भागमा गरेर ५ रोपनी क्षेत्रफलको फराकिलो पार्किङ क्षेत्र छुट्याइने उनले बताए । ‘बजार बनाउने क्रममा पार्किङको स्थान फराकिलो हुनुपर्ने महसुस ग¥यौँ । कोभिडको समय पनि छ, यो समय कहिलेसम्म जान्छ थाहा छैन, भिडभाड हुन नदिन पनि आवश्यक ठान्यौँ । त्यसैले पार्किङकै लागि ठाउँ धेरै छाड्यौँ ।’ खतिवडाले भने ।
मार्केटभित्र ज्येष्ठ नागरिक कक्ष, बाल उद्यान, जीम हल, रनिङ ट्रयाक समेत हुनेछन् । फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, रेष्टुरेन्ट, फेन्सी, थान्का, थकाली भान्सा लगायतका सटरहरु पनि रहने सञ्चालक खतिवडाले बताए । ईलेक्ट्रिकल आइटम्स, मोबाइल, ग्रोसरी शप, ब्युटिपार्लर, स्पा, वाइन सप, सुन पसल, सहकारी, पार्टस तथा मेसिनरी पसल, इञ्जिनियरिङ कन्सल्टेन्सी, ट्राभल एजेन्सी, किराना पसल, दोहोरी साँझ, डिस्को, बार, पुल एण्ड गेम हाउस, जिम एण्ड फिटनेस, क्लिनिक, भाडा पसल, फर्निचर शो रुम, होम डेकोर गरी नुनदेखि सुनसम्मका पसल हुनेछन् । बजारमा सबै एक एक थरीका पसलहरु रहने उनले बताए । एक जनालाई दिएपछि अर्कोलाई नदिने र जुन प्रयोजनका लागि छुट्याएको सटर हो, त्यही व्यवसाय गर्नुपर्ने अनिवार्यता रहनेछ ।
खतिवडाका अनुसार बोरिङ पानी मार्केट हातामै तानिनेछ । त्यहाँका व्यवसायीलाई पानी शुल्क लाग्दैन । बिजुलीको मात्र तिरे पुग्छ । भौतिक पूर्वाधारको काम जारी रहेकै बेला सटर बुकिङ खुल्ला गरिएको छ । अहिलेसम्म १० प्रतिशत सटर बुकिङ भइसकेको उनले बताए । ‘ ईच्छुकले सम्पर्क गर्न सक्नुहुनेछ । २०७८ सालभर भाडा लाग्दैन । २०७९ वैशाख १ गतेदेखि भाडा लाग्ने हो । आफूले गर्ने व्यवसाय र उपलब्ध स्थान तयार भएपछि व्यवसाय सञ्चालन गर्न सक्नुहुनेछ । भाडा लिने अब वैशाखदेखि मात्रै हो ।’ खतिवडा भन्छन् ।

कोभिडका कारण रोजगारी गुमाएर विदेशबाट फर्केका युवायुवतीहरुका लागि २५ प्रतिशत छुट दिइने पनि उनले बताए । बुकिङ र भाडामा छुट उपलब्ध गराइनेछ । भाडा महंगो नरहेको र ठाउँ अनुसार भाडा कायम गरिएको छ । २५ हजारदेखि एक लाखसम्म भाडा तिर्ने गरी व्यवसायका लागि स्थान उपलब्ध गराइने उनले बताए । ५ सटर बराबरको २५ हजार भाडा कायम छ । अहिले बुक गर्दा ५ लाख बुझाउनुपर्नेछ ।
धादिङ स्थायी ठेगाना भएका खतिवडा पोखरामा मिनि मार्केट सञ्चालकका रुपमा उदाउँदा व्यवसायी हुन् । पोखरा पृथ्वीचोकको ‘पोखरा सस्तो बजार’, सिद्धार्थ चोकको ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङको ‘वाईयूके मिनिमर्केट’ खतिवडाले नै संचालन गरेका हुन् ।




सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने