कास्कीका ११० सहित गण्डकी थप ३०३ जनामा कोरोना पुष्टि, ५७७ कोरोनामुक्त

कास्कीका ११० सहित गण्डकी थप ३०३ जनामा कोरोना पुष्टि, ५७७ कोरोनामुक्त

Gandaki covid corona 4

शुक्रबार गण्डकीका ३०३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०३८ जनामा गरिएको नमुना परीक्षणमा थप ३०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११० जना, तनहुँका ३५ जना, गोरखाका ४८ जना, लमजुङका चार जना र नवलपुरका ३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ३६ जना, पर्वतका सात जना, बागलुङका १९ जना र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३२० पुगेको छ।

शुक्रबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, पर्वतका एक जना र कास्की पोखरा महानगरका दुई जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२२६ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds