शुक्रबार पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारीसाधन प्रहरी नियन्त्रणमा

शुक्रबार पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारीसाधन प्रहरी नियन्त्रणमा

234641898_818893832143316_6732195864847085375_n

पोखरा।  शुक्रबार निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सवारी मध्ये ३ सय ८९  वटा दुई पाङ्ग्रे छन् भने,  ३२ वटा चार पाङ्ग्रे सवारी छन्।

नियन्त्रणमा लिइएका सवारीलाई होल्डिङ एरियामा राखिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले भाद्र ३ गते राति १२ बजेबाट लागु हुने गरी जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ। थप भएको निषेधाज्ञामा जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारीमा जोर विजोर अनिवार्य गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ