ठाकुर पक्षले पनि टुंग्यायो नाम, ‘लोसपा’ नेपाल प्रस्ताव

ठाकुर पक्षले पनि टुंग्यायो नाम, ‘लोसपा’ नेपाल प्रस्ताव

thakur-mahato-jasapa

महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुर पक्षले २ भदौमा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेको थियो। त्यही नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर, निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको जनाउँदै नयाँ नाम दिन सुझाएको थियो। त्यसपछि आज ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको हो।

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले नयाँ नाम टु‌ंगो लागेको बताए। “हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं,” भण्डारीले हिमालखबरसँग भने।

नयाँ नाम सहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पनि नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरिसकेको छ। यसअघिको नाम नेकपा (एमाले) सँग मिल्दोजुल्दो भएपछि नयाँ नाम राखिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds