माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
नेता माधवकुमार नेपालको समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ। यसअघि ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी हुँदाहुँदै एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अर्थात् कोष्ठमा फरक पारेर निर्वाचन आयोगमा दर्ता गर्दा पनि यसविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले अघिल्लो पार्टीसँगै नाम मिल्दोजुल्दो भएको भन्दै पछिल्लो नेकपा खारेज गरेको थियो। यसैकारण अहिले निर्वाचन आयोग सजग भएको बताइएको छ।
महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन्। मंगलबार नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएका थिए।
तर, ती नामहरू दर्ता गर्न नमिल्ने भएपछि दुबै पक्षले नाम परिवर्तन गर्ने भएका हुन्। जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले आफ्नो पार्टीसँग मिल्ने नाम नदिन निर्वाचन आयोगमा बिहीबार निवेदन दिएका थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने