पोखरामा अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा तीनजना पक्राउ

पोखरामा अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा तीनजना पक्राउ

aparadh-pakrau

पोखरा।  कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका -२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड नगरपालिका -१ निवासी ३४ वर्षीया एलिजा बस्नेतसहित तीन जना छन्।

प्रहरीले उनीहरुबाट ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ  वरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds