विप्लव समूहका नेता भरत बम रिहा

विप्लव समूहका नेता भरत बम रिहा

bharat

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम ‘रणवीर’ रिहा भएका छन्। बम २८ महिना लामो जेल जीवन पश्चात् नेपालगञ्जबाट छुटेका हुन्।

बिहीबार सर्वोच्च अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिएपछि बम रिहा भएका हुन्।

बमलाई नेकपामाथि प्रतिबन्ध लागेकै बेला प्रहरीले २ बर्ष अघि नेपालगञ्जबाट पक्राउ गरेको थियो।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गर्दै सबै नेता कार्यकर्तालाई निशर्त रिहा गर्ने जनाएको थियो। तर, सहमति कार्यान्वयन नहुँदा विप्लव समूहको अझै धेरै कार्यकर्ता जेलजिवन बिताइरहेका छन्

विप्लव नेकपाका अनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ