रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपाल निकटका झा नियुक्त

रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपाल निकटका झा नियुक्त

Jha_Railway

काठमाडौँ । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सप्तरी राजविराजका बासिन्दा झा नेकपा एमालेको भ्रातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए ।

सरकारले हिजो नै वाग्मती प्रदेशको प्रदेश प्रमुखमा माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ