महिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

महिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

cricket

काठमाडौँ । आईसीसी महिला विश्वकप क्रिकेटको छनोट जिम्बावेमा आयोजना हुने भएको छ ।

छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । खेल तालिका पछि सार्वजनिक गरिने बताईएको छ ।

गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । छनोटबाट ३ टिमले विश्वकपमा स्थान बनाउने छन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।

पाँच राष्ट्र अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रीका र न्युजिल्याण्डले यस अघि नै विश्वकपमा स्थान बनाईसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ