काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्।
आज (बिहीबार) समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पहिले र अहिलेको अध्यादेशलाई एउटैमा राख्न नहुने जिकिर गरे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको बताएका हुन् । पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको प्रचण्डको जिकिर छ ।
“एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ,” दाहालले भने, “यी दुवैमा आकाश–जमीनको फरक छ।
कार्यक्रममा उनले माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दर्ता भएर कानुनी मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । आज बिहान माधव नेपालसँग भएको छलफलमा पनि दलको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको उनको भनाइ छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने