नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

corona patient

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए ।

यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा मृतकको सङ्ख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ