पोखरामा एमाले निकट युवा संघको प्रदर्शन, प्रहरीसँग मुठभेड

पोखरामा एमाले निकट युवा संघको प्रदर्शन, प्रहरीसँग मुठभेड

yuwa sang gandaki (1)

एमाले निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा पोखरामा बुधबार विरोध प्रदर्शन गरेको छ । मानवअधिकार चोकबाट सुरु भएको विरोध ¥याली महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियोे ।

सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । ‘शेरे तेरो पाराले, दुःख पाए साराले’ ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ ‘कम्फर्टेबल सरकार मुर्दाबाद’ लगायत नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले विभाजन गर्ने उद्धेश्यका साथ देउवा सरकारले अध्यादेश भन्दै युवाहरु विरोधमा उत्रिएका हुन् ।

युवा विद्यार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड भएको थियो । विरोध सभा सकिएपछि सरकारी गाडीमा परिवार ओसारेको सरकारी गाडी नं बा १ झ ५३१ ले कार्यकतालाई ठोक्काउदै सवार गरेको गाडी दुरुपयोग भयो भनेर विरोध गर्दा प्रहरीसँग झडप भएको युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds