कास्कीमा निषेधाज्ञा : सवारीमा पुनः जोर विजोर प्रणाली कायम

कास्कीमा निषेधाज्ञा : सवारीमा पुनः जोर विजोर प्रणाली कायम

banda pokhara (3)

कोरोना भाईरसको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा पुनः कडाई गर्दै एक साताका लागि थप गरेको छ।

कास्की जिल्लाभर लागू हुने गरी भदौ १० गतेसम्म स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइकासाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेश अनुसार कोरोना संक्रमणको फैलावट र मृत्युदरमा पुनः वृद्धि आएको भन्दै जिल्ला भित्र संचालन हुने सार्वजनकि तथा निजी सवारीमा जोर विजोर नम्वर कायम गरिएको छ।

विज्ञप्तिमा भनिएको छ – ‘सबै प्रकारका सभा सम्मेलन, गोष्ठी सेमिनार गर्न,मानिसहरु जम्मा भएर जुलुस जात्रा महोत्सव गर्न, भीडभाड गर्न निषेध छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds