सन्दीप लामिछानेले सीपीएल क्रिकेट गुमाउने पक्का

सन्दीप लामिछानेले सीपीएल क्रिकेट गुमाउने पक्का

sandip

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले सीपीएल गुमाउने पक्का भएको हो ।

सन्दीप ट्रीनबागो नाइट राइडर्समा आवद्ध थिए । सीपीएलले सार्वजनिक गरेको सहभागी टिमको खेलाडी सूचीमा सन्दीपको नाम छैन । सीपीएल क्रिकेट अगस्ट २६ बाट सुरु हुनेछ ।

सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल नखेल्ने भएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।

सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ