संसद छल्दै अध्यादेश ल्याउनु गलत– गगन थापा

संसद छल्दै अध्यादेश ल्याउनु गलत– गगन थापा

gagan thapa

file photo

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम जसले गरे पनि गलत भएको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो कदम हिजो, आज र सँधै गलत हुने बताएका छन् । गतवर्ष यस्तै अध्यादेश ल्याउने कसैलाई पनि यसको विरोध गर्ने अधिकार नरहेको समेत उनले बताएका छन् ।

‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ उनले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds