नेपाल बङ्गलादेश बैंकको शाखा पोखरा ढुङ्गेपाटनमा

नेपाल बङ्गलादेश बैंकको शाखा पोखरा ढुङ्गेपाटनमा

nepal bangladesh  bank

नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको खुदी ढुङ्गेपाटनमा शाखा विस्तार गरेको छ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं। ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका थिए।

विस्तारित शाखामार्फत महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ तथा ३३ का हरेक मानिसहरुलाई सहज सेवा दिने बैंकको विश्वास छ।

उक्त शाखा पोखरा बिश्वविद्यालय हाता नजिकै खोलिएकाले त्यहाँ अध्ययनरत बिद्यार्र्थी तथा शिक्षकवर्गसमेत लाभान्वित हुने बैंकको अपेक्षा छ। साथै छरिएर रहेको पुँजी एकिकृत गर्न सघाउँ पुग्नेसमेत विश्वास लिइएको छ।

चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ
प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवाहरू सजिलै प्राप्त गर्ने हुँदा ग्राहक वर्गलाई सुविधा पुग्नेछ।

स्थापनाको २७ औँ वर्ष पूरा गरेको बैंकले आफ्ना एक सय शाखा, आठ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएममार्फत बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ