दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

UML Meeting

काठमाडौँ । नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

दल विभाजन सम्बन्धी अध्यादेश लोकतान्त्रिक विधि विपरीतको काम भएको र यसले संकटतिर धकेल्ने एमालेको ठहर छ ।

एक महिनाभन्दा बढि संसदलाई कामविहीन बनाउने र अकस्मात् अधिवेशन अन्त्य गरेर दल फुटाउने अध्यादेश ल्याउनु स्वेच्छाचारी र निरङ्कुश कदम हुने बैठकको निष्कर्ष छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ