अफगानिस्तानबाट उद्धार गरिएका ११८ नेपाली काठमाडौँ आइपुगे

अफगानिस्तानबाट उद्धार गरिएका ११८ नेपाली काठमाडौँ आइपुगे

nepali_tia

काठमाडौँ । अफगानिस्तानको काबुलबाट ११८ जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पु-याइएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौँ ल्याइएको हो ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना आज आइपुगेका हुन् ।

उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ