पोखराबाट काठमाडौँ जाँदै गरेको सुटिङ बस दुर्घटना- एकको घटनास्थलमै मृत्यु, आधा दर्जन बढी घाइते

पोखराबाट काठमाडौँ जाँदै गरेको सुटिङ बस दुर्घटना- एकको घटनास्थलमै मृत्यु, आधा दर्जन बढी घाइते

accident

म्युजिक भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ  हिडेको बस  गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।

सुटिङबाट काठमाडौ फर्किदै गरेको बसलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएको छ ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ । परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् ।

उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ