स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थपियो

स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थपियो

syanja

जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै भदौ १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

कोभिड संक्रमणको नियन्त्रणका लागि भन्दै वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १० दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।

जारी निषेधाज्ञामा बैंक तथा वित्तिय संस्था स्वास्थ्य सुरक्षामा मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने छ भने औषधि र खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म पसल खोल्न पाइने छ । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञा जारी भए पनि कार्यान्वयन पक्ष फितलो देखिँदा यसको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds