अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय

अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय

Cabinet-deuba

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सोमबार बिहान बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएको जनाइएको छ ।

त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ ।

यस्तै, सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

आफूहरु विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरु बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन् ।

यसअघि गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ