प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए ।
कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाउने प्रण सरकारले गरेको बताए । यो सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।
उनले सर्वप्रथम खोपको व्यवस्थापन, वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा यो सरकार पूर्ण विश्वास रहेकोे बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो समयदेखि यसका चौतर्फी असर भोग्दै आएको उल्लेख गरेका छन् ।
सरकारको कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाहमा बनाउनेसमेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिने जानकारी प्रधानमन्त्री देउवाले दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो