ईपीएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि

ईपीएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि

epl_logo

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब वृद्धि भएको छ ।

ईपीएलले आइतबार प्रेस विज्ञप्ति जारी गरी चौंथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गरिएको जनाएकोे हो ।

कोरोना महामारीको कारण खेलाडीले ब्यहोरेको कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमका मालिक किशोर भट्टराई र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिइसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds