अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ ।
अमेरिकी लगायतका विदेशी नागरिक काबुल छाड्न विमानस्थलमा लाइनमा लागिरहेका बेला घानीले पनि आफ्नो मुलुक छाडेका हुन् । घानीले अफगानिस्तान छाडेको खबरको पुष्टि अफगानी राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्बदुल्लाह अब्बदुल्लाहले गरेका छन् ।
‘अफगानिस्तान कठिन स्थितीमा रहेका बेला राष्ट्रपति घानीले मुलुक छाडेका छन् । उनमा जवाफदेहिता देखिएन,’ अब्बदुल्लाहले एक भिडियो सन्देशमा भनेका छन् । घानी सन् २०१४ देखि अफगानिस्तानका राष्ट्रपति छन् ।
तालिबानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ । काबुलमा तालिबानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।
घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो।
तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् ।
राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।
साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेका बीबीसीले जनाएको छ । राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको पनि बीबीसीले जनाएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने