मोटरसाइकल मोडिफाई गरी चर्को ध्वनिका साथ तीब्र गतिमा चलाउने २६ सवारी नियन्त्रणमा

मोटरसाइकल मोडिफाई गरी चर्को ध्वनिका साथ तीब्र गतिमा चलाउने २६ सवारी नियन्त्रणमा

bike

पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने २६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदुषण गर्ने तथा लापरवाही तरिकाले तीब्र गतिमा मोटरसाइकल चलाएको भन्दै ती सवारीलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा बुलेट मोटरसाइकल ७ वटा, क्रसफायर ११ वटा र अन्य ८ वटा मोटरसाइकल छन्।

सवारी नियम उल्लंघन कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा लागिपरेको कास्की प्रहरीले शनिबार पोखरा विभिन्न स्थानमा गरेको चेकजाँचमा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी चलाउने चालक विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय पोखरामा चर्को ध्वनिमा तीब्र गतिका साथ मोटरसाइकल चलाइरहेको भन्ने सर्वसाधारणको ब्यापक गुनासो छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds