मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु

मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु

nepani-girl

काठमाडौँ । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिककोे मृत्यु भएको छ ।

नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी २८ वर्षीया सन्जिता थिङ तामाङको शनिबार बिहान मृत्यु भएको हो।

तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ ।

तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन् । शवलाई उनी कार्यरत रेष्टुरेन्टसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइने मलेसियास्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ