आफूलाई पढाएका मृगौला पीडित गुरूलाई हिमाञ्चल बोर्डिङ स्कूलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन्।
बोर्डिङका पूर्व अंग्रेजी शिक्षक बुद्धीबहादुर थापाको परिवारलाई २०६२ सालको एसएलसी ब्याजका विद्यार्थीहरुले शनिबार नगद २ लाख ७२ हजार ५ सय ७४ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
मृगौलामा समस्या भएपनि आर्थिक अभावका कारण थापाको किड्नी ट्रान्सप्लान्टमा समस्या उत्पन्न भएको थियो ।
थापाको स्वास्थ्य उपचारका लागि विद्यार्थीहरुले एक हप्ता अघिमात्र आर्थिक संकलनका लागि अभियान चलाएका थिए। अभियानमा स्कुलका प्रिन्सिपल दिलबहादुर गुरुङ्ग, पूर्व शिक्षक वेद प्रसाद शर्मासहित विद्यार्थीहरु दिपा गुरुङ, दिनेश केसी, जिवन आचार्य, रश्मी गुरुङ प्रबेश शेरचन, सरिना गुरूङ, सम्झना गौतम, सिता तिमिल्सिना, रवि ढकाल, रश्ना ढकाल, रोमन गुरुङ, प्रतिभा गुरुङ, सुमित गुरुङ, प्रताप गुरुङ, उपेन्द्र पुर्जा, अनन्त प्रधानाङ्ग, सुनिता थापा, सविना शर्मा, सोमनाथ भण्डारी, शर्मिला बस्नेत, विश्वास पुन, अन्जना गौतम, अपेक्षा गुरुङ्ग, अनुप गुरुङ, विनोद भटृराइ, समिक्षा भटृराई, विक्रम गुरुङ, कुशुम गुरुङ, महेश गुरूङ, प्रमिला थापा, माधव थापा, सुजन पराजुली, काजु थापा लगाएतकाले आर्थिक सहयोग गरेका थिए ।
आर्थिक सहयोग अभियानका संयोजक अनन्त प्रधानाङ्गले ‘एउटा असल गुरु वचाउनका लागि अभियान शुरु गरिएको बताए । उनले भने – ‘गुरुले हामीलाई उज्यालो बाटो देखाउँदा देखाउँदै एउटा मैन जसरी पग्लिनुभयो, उहाँले आफूलाई रोगले च्यापेको विर्सनुभयो, अब हाम्रो जिम्मेवारी भनेको उहाँलाई बचाउने हो। आर्थिक अवस्था कमजोर छ, त्यही कारण मृगौला प्रत्यारोपण गर्न सक्नुभएको छैन, अब हामी सहयोग रकम उठाएर उहाँलाई बचाउछौं,” उनले भने।
उनले आर्थिक सहयोगका लागि हिमाअञ्चल बोर्डिङ स्कूल लगायत अन्य स्कूलमा अध्ययनरत विद्यार्थी, शिक्षक, समाजसेवी व्यक्तित्व र सुभेच्छुकलाई पनि आग्रह गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की