थप २ हजार ६२४ मा संक्रमण, २० को मृत्यु

थप २ हजार ६२४ मा संक्रमण, २० को मृत्यु

corona

पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।

यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ