कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

congress

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने जनाइएको छ । जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन र महमन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

बैठकमा बोल्ने नेताहरुले मुख्यगरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औं महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुनेमा जोड दिएका छन्।

यस्तै, पार्टी विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेलगायतले राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ