नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने पक्का

नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने पक्का

crick

नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको मिति तय भएको छ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपाल, ओमान र अमेरिका बीचको खेल सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।

टाइम्स अफ ओमानका अनुसार ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकृत दुलिप मेन्डिसले सिरिजको मितिबारे जानकारी गराएका हुन् ।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनसिँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने बताइएको छ । यस सिरिजको भने मिति निर्धारण भइसकेको छैन ।

विश्वकप लिग(२ को पुरानो खेल तालिका अनुसार नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसिय सिरिज मार्चको १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो । कोभिडका कारण गत फेब्रुवरीमा यो सिरिज स्थगित गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ