अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार तालिबानको कब्जामा

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार तालिबानको कब्जामा

taliban-2

काठमाडौँ । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।

कुनै समय तालिबानको गढ मानिएको यो शहर व्यापारको हब रहेका कारण रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यसअघि बिहीबार हेरात, घान्जी र क्वाला–इ–न शहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् ।

तालिबानले अहिले उत्तरी अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ । अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको जनाइएको छ ।

यसैबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना पठाउन लागेको अमेरिकाले जनाएको छ ।

त्यस्तै बेलायतले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन ६ सय सैनिक पठाउने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds