पोखरा- नागरिक सामाज कास्कीले खोप अभियान व्यवस्थित गर्न स्वास्थ्य कार्यालय कास्कीलाई आग्रह गरेको छ । समाजले कार्यालय प्रमुख बाबुराम आचार्यलाई भेटेर उक्त माग गरेको हो । पछिल्लो समय निश्चित समूह बाहिरका मान्छेले खोप लगाएको गुनासो सुनिएको समाजले बताएको छ ।
समाजका संस्थापक संयोजक रामबहादुर पौडलले अब हुने खोप अभियान व्यवस्थित गर्न र केन्द्रलाई फराकिलो बनाई केन्द्र विस्तार गर्नसमेत आग्रह गरे । उनले भने, ‘उमेर समूहको चरणमा खोप अभियान सञ्चालन हुुनुपर्छ । विदेश जाने, वृद्धवृद्धा, सरकारी कर्मचारी, स्वास्थ्य कर्मचारीलाई लगाइने खोप छुटाछुटै व्यवस्था हुनुपर्छ ।’
समाज खोप अभियान व्यवस्थित गर्न भोलेन्टिएर खटाउन आफूहरु तयार रहेको उनले सुनाए । पौडेलले भने, ‘जनताको हितका लागि समाज सेवा गर्न तयार छौं ।’ समूह चरणमा लगाइने खोपमा अन्य समूहलाई नलगाउन उनले माग गरे ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले सूचना दिन कुनै चासो नदिने समेत पौडेलले आरोप लगाए । उनले भने, ‘स्वास्थ्य महाशाखाले गर्ने काम विवादास्पद र दोहोरो अर्थ लाग्ने खालेको छ ।’
दोस्रो खोप अभियानमा पहिलो खोप लगाउने मान्छे पनि सहभागी भएको समाजका निवर्तमान संयाेजक विष्णुहरि अधिकारीले बताए । ‘कार्ड नै नभएकाले पनि खोप लगाए, कार्डमा वैधानिक छापको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
कार्यालय प्रमुख आचार्यले जुन स्थानमा पहिलो खोप लगाएका हुन् दोस्रो खोप पनि त्यही स्थानमा गएर लगाउने व्यवस्था मिलाउने बताए । अब हुने खोप अभियानमा निश्चित उमेर समूहकालाई एकै ठाउँमा नराख्ने उनले बताए । ४ नगरपालिका र महानगरपालिकामा ३१ र ३२ गते ३२ हजार एस्टाजोनिक खोप लगाइने जानकारी आचार्यले दिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन