पोखरा। कास्की प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लामा अवैध लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) को कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार राति अन्दाजी ११ बजेको समयमा पोखरा-२६ विजयपुरस्थित शान्तिमार्गबाट उनीहरुलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका -२६ विजयपुर बस्ने २५ वर्षीय आगमन राई, कास्की माछापुच्छ्रे गाउँपालिका -४ स्थायी घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीय सुरज रानाभाट र पोखरा -८ नयाँबजार बस्ने ४० वर्षीय मनसुराम सुनार रहेका छन्।
केसीका अनुसार विजयपुरस्थित शान्तिमार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई चेक जाँच गर्दा प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर (खैरो हिरोईन) ७ ग्राम ५७५ मिलिग्राम, नगद १० हजार र मोवाइल दुई थान वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ