पोखराको उत्तमचोकबाट जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१० उत्तमचोकस्थित सरु गुरुङको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद तीन लाख एकाउन्न हजार पाँच सय चालिस रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा – १० उत्तमचोक बस्ने वर्ष ३५ की सरु गुरुङ, पोखरा -१५ ट्याक्सी चोक बस्ने वर्ष ४८ को मन बहादुर क्षेत्री, पोखरा – १५ नयाँ गाउँ बस्ने वर्ष ४१ को भुपेन गुरुङ, पोखरा -१७ हनुमानटोल बस्ने वर्ष ४७ को थमन सिंह गुरुङ, पोखरा -१७ घारिपाटन बस्ने वर्ष ४४ को हर्क बहादुर थापा मगर, पोखरा – १० उत्तम चोक बस्ने वर्ष ४८ को सुरेन्द्र बहादुर गुरुङ, पोखरा -१४ हवेली मार्ग बस्ने बर्ष ३५ को सन्जेव गुरुङ, पोखरा – ८ सिमलचौर बस्ने बर्ष ६० की कृष्णा गुरुङ,पोखरा -१५ रामबजार बस्ने बर्ष ३६ की राममाया गुरुङ, पोखरा – १० अन्नपुर्ण टोल बस्ने बर्ष ४० की श्री कुमारी गुरुङ, पोखरा -१५ नयाँ गाउँ बस्ने बर्ष ३६ की हिरा थापा, पोखरा -१३ भद्रकाली बस्ने बर्ष ४२ की माया तामाङ र पोखरा – १५ नयाँगाउँ बस्ने बर्ष ४० की कमला मगर रहेकी छन्।
पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न सट्टा बाजी गर्न नहुने अभियोग शिर्षकमा मुद्धा चलाई अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते