जापानको क्युसु क्षेत्र फुकुओकामा बस्दै आएका नेपालीहरुको पूरानो संस्था फुकुओका नेपाल सोसाईटीले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस वर्ष अनलाइनबाटै तीज नृत्य प्रतियोगिता आयोजना गर्दैछ ।
यस प्रतियोगितामा सहभागिता जनाउन सोसाईटीले अनुरोध पनि गरेको छ । सोसाईटीका सचिव अशोक सेढाईंका अनुसार प्रत्येक वर्ष नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी वृहत तीज गीत÷नृत्य प्रतियोगिता आयोजना गर्दै आएकोमा कोरोनाका कारण नियमित कार्यक्रम प्रभावित बनेको हो । गत वर्ष पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम नगरी फोटो कन्टेस्ट गरेको र यसपटक भने अनलाइनबाटै सहभागिता जनाउन सक्ने गरी नृत्य प्रतियोगिता गर्न लागिएको हो ।
संस्थाका प्रवक्ता एवंम कार्यक्रम संयोजक दिलेन्द्र जोशीले कार्यक्रमको निर्णायकहरुकमा चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा, नायिका तथा चर्चित मोडल रञ्जिता गुरुङ र करिश्मा ढकाल रहनेछन् । प्रतियोगितामा प्रथम हुनेले नगद ४४ हजार ४ सय ४४, द्वितीय हुनेले ३३ हजार ३ सय ३३, तृतीय हुनेले २२ हजार २ सय २२ र सान्त्वना हुनेले नगद १५ हजार पुरस्कार जित्नेछन् ।

भिडियो अगष्ट ९ देखि २१ तारिखसम्म पठाउन सकिनेछ । अगष्ट २३ मा भिडियो प्रकाशन गरिने र सेप्टेम्बर ९ तारिखमा नतिजा प्रकाशन गर्ने आयोजकले जनाएको छ । नियमअनुसार खिचेर पठाईएको भिडियोलाई संस्थाको पेजबाट प्रकाशन गरिने आयोजकले जनाएको छ । भिडियो [email protected] मा पठाउन अनुरोध गरिएको छ ।
सोसाईटीका अध्यक्ष माधव सिग्देलले विश्वको जुनसुकै ठाउँबाट पनि सहभागी हुन सकिने जनाए । समूह तथा एकल दुवै प्रकारका नृत्यलाई मान्यता दिइने, भिडियो ३ देखि ५ मिनेट अवधिको हुनुपर्ने, भिडियो एक टेकमै खिचिएको र सम्पादन नगरिएको हुनुपर्ने लगायतका नियम राखिएको छ ।
थप नियमः

कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले सहयोग गरेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो