जबर्जस्ती करणीको मुद्धा मिलाइदिन्छु भन्दै आरोपीबाट पैसा ठगेर फरार रहेका व्यक्ति पक्राउ

जबर्जस्ती करणीको मुद्धा मिलाइदिन्छु भन्दै आरोपीबाट पैसा ठगेर फरार रहेका व्यक्ति पक्राउ

arrested

पोखरा। जबर्जस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाई दिने भन्दै पैसा ठगेर फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

२०७७ साल फागुन १९ गते जबर्जस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी वकिल र अदालतसँग सेटिङ छ, १ करोड दिए मिलाइदिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भन्दै झुठ्ठो आश्वासन देखाई विश्वासमा लिएर तीन जनाले उनिहरुबाट १२ लाखको चेक र १ लाख १० हजार नगद ठगी गरेका थिए।

ठगी गरेका मध्ये सूर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई प्रहरीले पोखरा -१७ राष्ट्रबैंक चोक स्थित एक खाजा घरबाट पक्राउ गरी मुद्धा दायर गरेकोमा एक जना भने फरार रहँदै आएका थिए।

फरार रहँदै आएका पोखरा महानगरपालिका वडा नं -१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ परेका त्रिपाठीलाई बुधबार नै जिल्ला अदालत कास्कीमा बुझाइएको छ। त्रिपाठी विरुद्ध अदालतमा ठगी र जबरजस्ती करणी कसूरमा मिलापत्र गर्न गराउन नहुने अभियोगमा मुद्धा रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds