नेपालमा ९ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

नेपालमा ९ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

corona vaccine

नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको दुई डोज नै खोप लगाइ सकिएको छ ।

१५ प्रतिशतलाई भने पहिलो डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

कोभिशिल्डको पहिलो मात्रा लगाएका १८ लाख ६८ हजार ४ सय २५ जनामध्ये ५ लाख ९७ हजार ८ सय १९ जनाले दोस्रो मात्रा पुरा गरेका हुन् ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाएका २७ लाख २ हजार १ सय २८ जना मध्ये १८ लाख ३ हजार ४ सय ३ जनाले दोस्रो मात्रा पुरा गरेका छन् ।

देशभर १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सनको खोप लगाएका छन् । सरकारले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds