कास्कीमा भाद्र ३ गतेसम्म निषेधाज्ञा थप, होटल तथा रेष्टुरेन्टमा सभा गोष्ठी नगर्न आग्रह

कास्कीमा भाद्र ३ गतेसम्म निषेधाज्ञा थप, होटल तथा रेष्टुरेन्टमा सभा गोष्ठी नगर्न आग्रह

jilla-prashan

पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई एक साता लम्ब्याएको छ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्युदर बढ्दै गएको भन्दै यसको प्रभाव सम्बन्धी तथ्याङ्क विश्लेषणका आधारमा भाद्र ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको विज्ञप्ति मार्फत जनाइएको छ।

प्रशासन कार्यालयले जिल्लाबासी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, मास्कको उचित प्रयोग गर्न, अनावश्यक भिडभाड नगर्न तथा सरकारी तथा गैर सरकारी निकायहरुले होटल, रेष्टुरेन्ट, तथा रिसोर्टमा कुनैपनि भेला, गोष्ठी नगर्न आग्रह गरेको छ।

साथै होटल रेष्टुरेन्ट तथा रिसोर्टले पनि कार्यक्रम बुकिङ्ग नगर्न अन्यथा भएको पाइएमा कानुन बमोजिम कारवाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds