नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

guru-bhattarai

काठमाडौँ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका भट्टराईले आचरणविपरीत काम गरेको भन्दै अघिल्लो मंगलबार वर्तमान सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयम सम्बन्धि मापदण्ड–२०७७ को दफा ९ को खण्ड (घ) मा व्यवस्था नभएको विषय आरोप लगाइ स्पष्टीकरण सोधिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

‘सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजीनामा दिएको छु,’मन्त्रालयललाई बुझाएको राजीनामापत्रमा भट्टराईले लेखेका छन् ।

भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेपछि असार ४ बाट कार्यभार सम्हालेका थिए ।

यस्तो छ राजीनामा पत्रः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds