लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजिनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजिनामा

Shankar_Pokhrel

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिँदै छन् । राजीनामा पत्र बोकेर पोखरेल अहिले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुख कार्यालय पुगेर मुख्यमन्त्रीले राजीनामा दिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको थियो । प्रदेश सभा बैठक अघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएका हुन्।

विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए। जस अनुसार आज प्रदेश सभाको बैठक आह्वान भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ