नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

Nepali_Football

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने चोटका कारण सहभागी हुने छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ