कास्कीको माछापुछ्रेमा मादक पदार्थ सेवन गरी सिलौटाको लोहोरो प्रहार गरेर श्रीमतीको हत्या

कास्कीको माछापुछ्रेमा मादक पदार्थ सेवन गरी सिलौटाको लोहोरो प्रहार गरेर श्रीमतीको हत्या

Women-death

पोखरा । मादक पदार्थ सेवन गरी श्रीमतीलाई सिलौटाको लोहोरोले हिर्काउंदा कास्कीमा एक महिलाको ज्यान गएको छ ।

मंगलबार बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले आफनै ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार टाउकोमा श्रीमानको लोहोरा प्रहारबाट गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पाताल ल्याइएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हो।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले श्रीमान् श्रीराम कामीलाई नियन्त्रणमा लिएको छ भने,घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ