काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।
आयोगको अद्यावधिकसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ । यससँगै पार्टीको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको छ । नेता बाबुराम भट्टराई संघीय परिषद्कै अध्यक्षमा कायम छन् ।
यादव पक्षको केन्द्रीय कार्यकारणी समितिको १२ गतेको निर्णयलाई सोमबार निर्वाचन आयोगले मान्यता प्रदान गरेपछि महन्थ ठाकुरसहित उनको पक्षमा रहेका केन्द्रीय कार्यकारणी समितिका १६ जना सदस्यकै पार्टीगत हैसियत गुमेको हो । अब ठाकुरसँगै राजेन्द्र महतो, सरतसिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरु साधारण सदस्यमा सीमित बनेका छन् ।
पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म ठाकुर सहितका नेताहरुको सांसद पद भने कायमै रहने देखिएको छ ।
आयोगले साउन ११ मा पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि भोलिपल्टै बसेको केन्द्रीय कार्यकारणी समितिको बैठकले ठाकुरसहित १६ जनालाई पार्टीको जिम्मेबारीबाट हटाउने निर्णय गरेको थियो । पार्टीको त्यही निर्णयलाई अद्यावधिक गराउन यादव पक्षले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने