मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

mrita fela

नवलपरासी । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।

सोमबार राति तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

सोमबार राति आठ बजेतिर बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो ।

उनको गएराति १०ः५७ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ