पोखरामा २६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्गजाका पुरुष पक्राउ

पोखरामा २६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्गजाका पुरुष पक्राउ

arrest

पोखरा । पोखरामा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की दिएर पोखरा -६ खहरेस्थित एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका स्थायी घर भइ हाल पोखरा -१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्याम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ